अरूण थापा स्मृति सम्मानद्वारा वरिष्ठ गीतकार अधिकारी सम्मानित

काठमाडौं । चर्चित गायक तथा सङ्गीतकार अरुण थापाको २३ औँ स्मृति दिवस २०७९ का अवसरमा आज यहाँ पाँचौँ अरुण थापा स्मृति साँझ आयोजना गरियो । भक्तपुर साङ्गीतिक समाजद्वारा आयोजित सो ‘पाँचौं अरुण थापा स्मृति साँझ’ मा गायकहरू रोशन धौभडेल, विनोदराज ढुङ्गेल, सत्यनारायण मानन्धर, लक्ष्मण पलिखेल, राजेश शाही, आधीश्री कसपाल र नवीन्द्रलाल कर्माचार्यलगायतले थापाका चर्चित गीत गाएका थिए ।

त्यस्तै उनीहरुलाई वाद्यवादनतर्फ कृष्णसुन्दर सुजखु, महेन्द्र सिंख्वाल, सरोज केसी, श्रीजल मधिकर्मी, अनिश शाक्य र यजु आर्चायले साथ दिएका थिए । कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीलाई अरुण थापा स्मृति सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा समाजका सचिव अल्बर्ट बज्राचार्य, वरिष्ठ गीतकार सुभाषचन्द्र ढुङ्गेलले कार्यक्रमको महत्वमाथि प्रकाश पारेका थिए ।