नेपाल टी–२० लिगमा जनकपुरले फार वेस्टलाई हरायो


नेपाल टी–१० लिग ९एनएसएल० क्रिकेट प्रतियोगितामा जनकपुर रोयल्सले फार वेस्ट युनाइडेटलाई आठ विकेटले हराएको छ ।

त्रिवि क्रिकेट मैदानमा फार वेस्टले दिएको एक सय ७० रनको लक्ष्य जनकपुरले १० बल बाँकी छँदै दुई विकेटमात्रै गुमाएर भेटायो । जनकपुरका लागि सन्दीप जोराले नटआउट ७७ र चाडविक वाल्टनले ६९ रन बनाए । फार वेस्टका करन केसीले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ६९ रन बनाए । फार वेस्टका लागि करन केसीले १७ बलमा नटआउट ४६ रन बनाए । उनले अन्तिम ओभरमा २६ रन बनाएका थिए । यस्तै भीम सार्कीले नटआउट ३६ रन बनाए । जनकपुरका ललित राजवंशीले दुई विकेट लिए ।

यो जितसँगै जनकपुर चार खेलमा छ अङ्कसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ । फार वेस्ट दुई अङ्कसहित पाँचौँ स्थानमा छ ।