सिम्ता गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमाले विजयी

सुर्खेत । सिम्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेका उम्मेदवार विजयी भएका छन् । काँग्रेस माओवादी गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका हुन् । गाउँपालिकाका अध्यक्षमा ऐन बहादुर चन्दले पाँच हजार १४० मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिष्प्रधी नेपाली काँग्रेसका वीरेन्द्र रावतले चार हजार ८०७ मत ल्याएर पराजित भएका छन् ।
यस्तै उपाध्यक्षमा एमालेकी गोमा शर्मा (रेग्मी) ले पाँच हजार ६८ मत ल्याएर विजयी भएकी छन् भने उनका प्रतिष्प्रधी माओवादी केन्द्रका चित्र बहादुर हमालले चार हजार ३८५ मत ल्याएर पराजित भएका हुन् । नौ वटा वडा रहेको उक्त पालिकामा छ वटा एमालेले र तीन वटा नेपाली काँग्रेसले जितेको छ । पालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।