भेरी र बारेकोटमा एमाले, छेडागाडमा काँग्रेस विजयी

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकमा दोस्रो कार्यकालका लागि पुनः नेकपा (एमाले) का चन्द्रप्रकाश घर्ती निर्वाचित भएका छन् । छेडागाड नगरपालिका प्रमुखमा गठबन्धनबाट नेपाली काँग्रेसका रत्नबहादुर खडका विजयी भएका छन् ।

त्यस्तै, बारेकोट अध्यक्षमा एमालेबाट बीरबहादुर गिरि निर्वाचित भएका हुन् । सत्ता गठबन्धनका उम्मेदवार गगनबहादुर खडकालाई फराकिलो मतान्तरले पराजित उनी गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन् ।