खेलकुद मन्त्री अथकले गरे मतदान

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले मतदान गरेका छन् ।

स्थानीय तह निर्वाचन अन्तर्गत बाँके जिल्ला कोहलपुर नगरपालिका अन्तर्गत पिपेरी मतदान केन्द्रबाट मन्त्री अथकले मतदान गरेका हुन् । उनले बिहानै ७ बजे मतदान केन्द्रमा पुगेर मतदान गरेका थिए ।

माओवादी केन्द्रका नेता अथक बाँके निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा सांसद छन् । स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर पछिल्लो समय उनी आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुदै आएका थिए ।