
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–२ जयपुरबाट ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
ब्राउन सुगरको कारोबार भइरहेको सूचना पाएलगत्तै प्रहरीले दिउँसो करिब सवा दुई बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
वीरेन्द्रनगर–२ का २३ वर्षीय बखत वि.कको घर खानतलासी गर्दा पाँच ग्राम बराबरको ब्राउनसुगर प्रहरीले फेला पारेको हो ।
ब्राउनसुगर कारोबारीको आशंकामा सोही स्थानका दुर्गे भनिने २७ वर्षीय दीपेन्द्र रोकायलाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
तर रोकायको साथबाट भने ब्राउन सुगर फेला नपरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फरकबाटो ११ कार्तिक २०७८, बिहीबार २०:४४