लखनउ र गुजरात भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आज मंगलबार एक खेल हुँदैछ । पुनेमा हुने खेलमा नवप्रवेशी दुई टोली लखनउ जाइन्ट्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे  सुरु हुनेछ।

लखनउ र गुजरातबीचको रोमान्चक हुने अनुमान गरिएको छ । किनकि दुई टोली शीर्ष स्थानको होडमा रहेका छन् । लखनउ ११ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । लखनउ गुजरातलाई हराएर शीर्ष स्थान यथावत राख्न चाहन्छ।

गुजरात ११ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । लखनउलाई हराएर गुजरात शीर्ष स्थानमा उक्लन चाहन्छ । लखनउ र गुजरातबीचको यो दोस्रो भेट हो ।

यस अघिको भेटमा गुजरातले लखनउलाई ५ विकेटले हराएको थियो  ।