इक्वेडरको एउटा कारागारमा दुई समूहबीच झडप

इक्वेडरको एउटा कारागारमा दुई समूहबीच झडप हुँदा कम्तीमा ४३ जना कैदीबन्दीको ज्यान गएको छ ।

झडपका बेला फरार भएकामध्ये एक सय १२ जना पुनः पक्राउ परेका बीबीसीले जनाएको छ । अझै पनि एक सय ८ जना कैदीबन्दी फरार छन् । राजधानी क्वेटोदेखि ८० किलोमिटर पूर्वमा रहेको सान्टो डोमिङ्गो कारागारमा दुई समूहबीच झडप हुँदा केही घाइते भएका छन् ।

घाइते हुनेहरुको पूर्ण विवरण प्राप्त हुन सकेको छैन । घटनाप्रति इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले दुःख व्यक्त गरी शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। ज्यान गुमाएकाका परिवार र आफन्तले जेल घेराउ गरी नाराबाजी गरेका छन् ।

इक्वेडरमा यसअघि पनि गएको फेब्रुअरीमा कारागारमा भएको झडपमा परि ४ सयभन्दा धेरै कैदीको ज्यान गएको थियो।