एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्नोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य रूपमा नलिन आग्रह गरेका छन् ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले ओमिक्रोन भेरियन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गरेका हुन् । ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दाज गर्न नहुने उनको भनाइ छ ।
गेब्रेयससले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र ज्यान पनि गएकाले सचेत हुनु पर्नेमा जोड दिए । यस्तै, उनले तत्काल कोभिड महामारी अन्त्य नहुने पनि बताएका छन् ।

फरकबाटो ६ माघ २०७८, बिहीबार १३:३८