अमेरिकी प्रथम महिला जिल बाइडेन युक्रेनमा : समकक्षी जेलेन्स्कासँग भेटवार्ता

एजेन्सी । अमेरिकी प्रथम महिला जिल बाइडेनले युक्रेनकी समकक्षी ओलेना जेलेन्स्कासँग युक्रेनमा भेट गरेका छन् ।

अमेरिकाले रुसमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरिरहेका बेला जिल बाइडेनले युक्रेनकी समकक्षी जेलेन्स्कासँग भेट गरेका हुन् । दुई पहिलो महिलाको भेट सीमावर्ती सहर उज्होरोडको एक विद्यालयमा भएको बीबीसीले जनाएको छ ।

गएको फेबु्रअरी २४ तारिखमा युक्रेनमा रुसी आक्रमण सुरु भएपछि जेलेन्स्का पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिने भएको हो । युक्रेनमाथि रुसको आक्रमणको विरोधमा अमेरिकाले २६ सय रुसी र बेलारुसका नागरिकमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।

तीन रूसी टीभी स्टेसनहरू र गाजप्रोम बैंकका अधिकारीमाथि पनि अमेरिकाले प्रतिबन्ध लगाएको छ ।