वीरेन्द्रनगरको पहिलो महिला मेयरमा ढकाललाई जिताउँन अनेमसंघको घरदैलो कार्यक्रम

सुर्खेत ।  अखिल नेपाल महिला संघ वीरेन्द्रनगर वडा नं ११ कमिटीले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरुलाई जिताउन घरदैलो अभियानको आयोजना गरेका छन् ।

शनिवार वीरेन्द्रनगर ११ का विभिन्न ठाउँमा घरदैलो अभियान गरिएको हो । घरदैलो अभियानमा वीरेन्द्रनगरको इतिहासमा पहिलो महिला नगर प्रमुखमा मोहन माया ढकाललाई बनाउने ठूलो अवसर भएकाले जिताउँन आग्रह गरेका थिए ।

एमाले नेतृ तथा प्रदेश सभा सदस्य पदमा खड्काको नेतृत्वमा भएको घरदैलो अभियानमा पिपिरा चोक, बस्तिपुर, गाग्रेताल, बराकुना, धुलाबिट, अछामि डाडा र चोैखेढुङ्गालगायतका ठाउँहरुमा कोणसभाको आयोजना गरिएको थियो ।