नेपाली काँग्रेस वीरेन्द्रनगरको संकल्प : अधिकतम सेवाहरु वडा तहबाटै प्रवाह

सुर्खेत । नेपाली काँग्रेस वीरेन्द्रनगरले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ल्याएको संकल्प पत्रमा वीरेन्द्रनगरको विकास र समृद्धीका लागि विभिन्न प्रतिवद्धताहरु उल्लेख गरिएको छ ।

नगरमा असल शासन र जवाफदेहितालाई जोड दिँदै प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी गराएर अधिकतम सेवाहरु वडा तहबाटै प्रवाह गरिने र अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अशक्त, गर्भवती, सुत्केरी, दीर्घरोगी नागरिकका लागि घर–दैलोमा सेवा प्रवाह उपलब्ध गराइने संकल्पमा उल्लेख छ ।

नगरको समृद्धीका लागि नेपाली काँग्रेस वीरेन्द्रनगरको संकल्प

असल शासन र जवाफदेहिता
– प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै अधिकतम सेवाहरु वडा तहबाट प्रवाह गरिने छ ।
– हरेक महिनाको सात (७) गते कार्यपालिकाको बैठक अनिवार्य गरिने छ । त्यसको जानकारी आम नागरिकसम्म पु¥याउनका लागि ‘नगर प्रमुख–पत्रकार भेटघाट कार्यक्रम’ गरिने छ ।
– आयोजना तथा कार्यक्रमहरुको सामाजिक परीक्षण गरिने छ ।
– नागरिकबाट प्राप्त गुनासाको अभिलेखिकरण र कारवाहीको जानकारी लिनका लागि छुट्टै संयन्त्र निर्माण गरिने छ ।
– जनप्रतिनिधि र नागरिक सम्मिलित अनुगमन संयन्त्र गठन गरिने छ ।
– अपाङ्गता भएका, फरक क्षमता भएका व्यक्ति, जेष्ठ नागरिक, अशक्त, गर्भवती, सुत्केरी, दीर्घरोगी नागरिकका लागि घर–दैलोमा सेवा प्रवाह उपलब्ध गराइने छ ।

शिक्षा, युवा तथा खेलकुद
– सार्वजनिक विद्यालयमा पढाईको गुणस्तरमा सुधार गर्दै भौतिक पूर्वाधार सम्पन्न बनाइने छ । विद्यालयमा निर्माण हुने संरचना अपाङ्गतामैत्री र लैङ्गिकमैत्री बनाइने छ ।
– हरेक विद्यालयमा विद्यार्थीले सिकेका कुराहरुलाई आफ्ना अभिभावक र आम नगरवासीसम्म पु¥याउनका लागि ‘सिकाई मेला’को आयोजना गरिने छ ।
– विद्यार्थीहरुको ज्ञान, सीप र उत्प्रेरणाका लागि विभिन्न विधाका विज्ञहरुलाई ‘अतिथि शिक्षक’का रुपमा आमन्त्रण गरिने छ ।
– विभिन्न पेशा र व्यवसायमा संलग्न स्थानीय र राष्ट्रिय व्यक्तित्वहरुलाई विद्यार्थीसँग जोड्नका लागि ‘विद्यालयमा एक दिन’ कार्यक्रम सञ्चालन गरिने छ ।
– विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिको व्यवस्था गरिने छ ।
– प्राविधिक तथा व्यवसायीक शिक्षामा जोड दिँदै ‘पढ्दै कमाउँदै’ कार्यक्रम कार्यान्वयनमा ल्याइने छ ।
– प्रत्येक विद्यालयमा विद्युतीय हाजिरीको व्यवस्था गरिने छ ।
– जनप्रतिनिधि, स्थानीय र अभिभावक रहेको ‘विद्यालय सहयोगी समूह’ गठन गरिनेछ ।
– खेल क्षेत्रको विकास, खेलाडी उत्पादनका लागि विद्यालय स्तरीय प्रतियोगीताहरु नियमित सञ्चालन गरिने छ ।
– हरेक विधाका उत्कृष्ट खेलाडीहरुलाई प्रोत्साहन, बाह्य प्रतियोगीतामा सहभागीताका लागि आवश्यक तयारी गरिने छ ।

स्वास्थ्य
– स्वास्थ्य संस्थाबाट टाढा रहेका बस्ती र घरका गर्भवतीका लागि ‘घरमै टेलिमेडिसिन सेवा’ उपलब्ध गराइने छ ।
– विकट वडाका लागि छुट्टै एम्बुलेन्सको व्यवस्था गरिने छ ।
– नागरिकलाई घर–आँगनमै सेवा प्रवाह गर्नका लागि मासिक रुपमा हरेक वडामा ‘स्वास्थ्य शिविर’ सञ्चालन गरिने छ ।
– अस्पताल, स्वास्थ्य संस्थासम्म आउन नसक्नेहरुका लागि निजी क्षेत्रसँगको सहकार्यमा ‘होम केयर’को व्यवस्था गरिने छ ।
– ब्लड बैंकको स्थापना र सञ्चालन गरिने छ ।
– खोप केन्द्र, गाउँघर क्लिनिकलगायत समुदायमा आधारित सेवालाई प्रभावकारी बनाउँदै महिला स्वास्थ्य स्वयम्सेवीकाको दक्षता अभिबृद्धि र उत्प्रेरणाका कार्यक्रम सञ्चालन गरिने छ ।
– वीरेन्द्रनगरलाई ‘पूर्ण स्वास्थ्य बीमित’ बनाइने छ ।
– सुत्केरी महिलालाई एक हजार ‘सुत्केरी सहायता भत्ता’ दिइने छ ।
– वीरेन्द्रनगर नगर अस्पतालमार्फत जेष्ठ नागरिकहरुको निःशुल्क उपचारको व्यवस्था मिलाइने छ ।
– विद्यालय तहदेखिनै योग कक्षा सञ्चालनमा ल्याइने छ ।
– महिला स्वास्थ्य स्वयम्सेवीकालाई आफ्नो सेवा क्षेत्रभित्रका नागरिकहरुलाई मौसम अनुसार लाग्ने स्वास्थ्य शिक्षा महिनामा एक पटक दिने व्यवस्था मिलाइने छ । यसवापत खाजा खर्च स्वरुप मासिक पाँच सय रुपैयाँ थप उपलब्ध गराइने छ ।
– मनोसामाजिक विमर्सकर्ताको व्यवस्था गरिने छ ।
– निःशुल्क सवबहानको व्यवस्था गरिने छ ।

कृषि
– ‘एक टोल, एक कृषि उपज संकलन केन्द्र’ निर्माण गरिने छ । कृषि उपजको विक्री–वितरणका लागि हाट बजारको व्यवस्था मिलाइने छ ।
– कृषि उत्पादनलाई बजारको पहुँचमा पु¥याउन आवश्यक व्यवस्था मिलाइने छ ।
– पालिकाभित्रका किसानका भैंसी तथा गाईहरु दर्ताको व्यवस्था मिलाइने छ । भैंसी तथा गाईहरु व्याएपछि चारा स्वरुप एक हजार प्रोत्साहन खर्च उपलब्ध गराइने छ ।
– कृषि सामाग्री, वीउ विजन र कृषि वीमामा अनुदानको व्यवस्था गरिने छ ।
– बजारमुखि व्यवसायीक योजना निर्माणमा सहयोग गरिने छ ।
– वीरेन्द्रनगरलाई मासुमा आत्मनिर्भर बनाइने छ ।
– कृषकको सुचिकरण र वर्गीकरण गरिने छ ।
– किसानको खेतबारीमै प्राविधिक सेवा उपलब्ध गराइने छ ।
– व्यक्तिका बाँझो जमिन भाडामा लिएर युवाहरुलाई सामुहिक कृषि तथा पशुपालनमा प्रोत्साहन गरिने छ ।

उद्यमशीलता र रोजगारी
– ‘एक वडा, एक उद्यमशील केन्द्र’को अवधारणा कार्यान्वयन गरिने छ ।
– वैदेशिक रोजगारमा संलग्न वा फर्केका व्यक्तिहरुलाई विदेशमा सिकेको सीप अनुसारको उद्यम सञ्चालन गर्न प्रोत्साहन गरिने छ ।
– स्थानीय तहमा उपलब्ध हुने रोजगारका सुचना तथा तथ्याङ्कसहितको ‘रोजगार बैंक’को स्थापना गरिने छ । रोजगार बैंकमा संकलन भएका तथ्याङ्कको आधारमा सीपमूलक तालिम सञ्चालन गरिने छ ।
– युवाहरुलाई प्राविधिक तथा व्यवसायीक शिक्षा, तालिम, सीप र सीपको विविधिकरणमा सरिक गराइ व्यवसाय सञ्चालनका लागि बैंक तथा वित्तिय संस्थासँग जोडिने छ ।
– घरेलु तथा साना उद्योगहरुलाई ठूला खरिदकर्ता र सुपर मार्केटहरुसँग सम्वन्ध स्थापित गराउन सहजीकरण गरिने छ ।
– स्थानीय रोजगारी सृजना गर्ने उद्योगहरुलाई निश्चित प्रतिशत स्थानीय कर छुटको व्यवस्था गरिने छ ।
– मेयर उद्यमशीलता विकास कार्यक्रम सञ्चालनमा ल्याइने छ ।

पर्यटन
– वीरेन्द्रनगर–१४ लाई नयाँ पर्यटकीय गन्तव्य बनाउन तथा उपत्यकामा भूमिगत पानीको स्रोत बढाउनका लागि सोतखोलामा मानव निर्मित ताल निर्माण गरिने छ ।
– वीरेन्द्रनगरका मुख्य पर्यटकीय क्षेत्रहरु मध्ये बुलबुलेदेखि कांक्रेविहार जोड्ने ‘सर्किट’ निर्माण गरिने छ ।
– बुलबुले, कांक्रेविहार, देउतीबज्यै, सहिदपार्क, पाताल दरवारलगायतका पर्यटकीय एवम् विभिन्न वडामा रहेका धार्मिक पर्यटकीय क्षेत्रको स्तरोन्नति गर्दै गोठीकाँडा, अमृताडाँडा, शिद्धपाइला, भ्यूचुला, रानीघाट, रातानाङ्लालगायतका पर्यटकीय गतिविधि धेरै हुने क्षेत्रमा पूर्वाधार निर्माण गरिने छ ।
– पर्यटन सुचना केन्द्रको स्थापना तथा सञ्चालन गरिने छ । पर्यटकीय क्षेत्रहरुको ‘गाइड बुक’ प्रकाशन गरिने छ ।
– भइरहेका होम–स्टेहरुको प्रभावकारी व्यवस्थापन गदै संभाव्य स्थानमा होम–स्टे स्थापना र सञ्चालनको व्यवस्था मिलाइने छ । होम–स्टे सञ्चालकहरुलाई अंग्रेजी भाषा तालिम, सरसफाई र सुरक्षा सम्वन्धी तालिम र अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ ।
– निजी क्षेत्रसँग सहकार्य गरेर भेरीमा जलयात्राका साथै गोठीकाँडाबाट प्याराग्लाइडिङ सञ्चालन गरिने छ ।

यातायात
– वीरेन्द्रनगर उपत्यकामा नगर बस सञ्चालनमा ल्याइने छ । जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क र विद्यार्थीहरुलाई परीचयपत्रका आधारमा छुट दिइने छ ।
– सुरक्षाका लागि सार्वजनिक यातायातमा सिसी टिभी क्यामरा जडान अनिवार्य गरिने छ ।
– अटो भिलेजको निर्माण तथा सञ्चालन गरिने छ ।
– दीगो सहरी यातायात नीति कार्यान्वयन गरिने छ ।
– दीगो सहरी व्यवस्थापनको लागि सडकहरुलाई अपाङ्गमैत्री र वातावरणमैत्री बनाइने छ ।
– उपत्यकाभित्रका सडकहरुमा साइकल लेनको व्यवस्था गरिने छ ।

वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण
– उत्तरी जलाधारको संरक्षणमा विशेष ध्यान दिइने छ । खाली जमिनमा उच्च मूल्यका बृक्षारोपाण गरिने छ । गुराँस संरक्षण नीति ल्याएर कार्यान्वयन गरिने छ ।
– ‘मेरो घर, हरित सहर’ अन्र्तगत सहरी सौन्दर्यलाई ध्यानमा राखेर आवश्यक नीति तथा कार्यक्रम ल्याइने छ । ‘एक घर ः दुई विरुवा’ कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने छ ।
– बाढी, पहिरो, डुवान, बन डढेंलो जस्ता विपत्तिहरुका बारेमा आम नागरिकहरुलाई तत्काल सुचना प्रर्णालीको व्यवस्था मिलाइने छ ।
– प्रत्येक टोलमा ‘एक–एक जना विपद् सुचना दूत’ घोषणा गरिने छ ।
– नदीजन्य पदार्थको उत्खनन् गर्दा वातावरणमा पर्ने प्रभावलाई ध्यान दिइने छ ।
– विद्यालय, अस्पताल, सरकारी कार्यालयलगायतका सार्वजनिक स्थलमा हरियाली क्षेत्र तोकेर हरियाली प्रवद्र्धन गरिने छ ।
– वीरेन्द्रनगरमा रहेका विभिन्न खोलाहरुको संरक्षण एवम् हरियाली प्रवद्र्धन गरिने छ ।

फोहर मैला व्यवस्थापन
– ‘स्वच्छ नगरपालिका, स्वस्थ नागरिक : स्थानीय रोजगारीका लागि फोहरलाई मोहर कार्यक्रम’ सुरु गरिने छ ।
– सामुदायिक पशुपालन तथा पर्यावरणीय आयआर्जनका लागि गौशाला व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने छ । छाडा चौपायाहरुको सामुदायिक तथा सहकारी मोडलमा व्यवस्थापन गरिने छ ।

सामाजिक न्याय र समावेशीता
– वादी समुदाय, न्यून आय भएका दलित र विपन्न परिवारका विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गरिने छ ।
– वीरेन्द्रनगरका सम्पूर्ण नागरिकहरुको सामुहिक वीमाको व्यवस्था गरिने छ ।
– ‘समान काम ः समान ज्याला’लाई कार्यान्वयन गरिने छ ।
– उत्पादनशील क्षेत्रमा महिला सहभागीता र महिला उद्यमशीलता अभिबृद्धि गरिने छ ।
– अपाङ्गता भएकाहरुका लागि पहुँचयुक्त प्रविधि, ब्रेल लिपि तथा दोभाषे र साङ्केतिक भाषाको विकासमा जोड दिइने छ ।
– अपाङ्गता भएका व्यक्तिका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था गरिने छ ।
– अपाङ्गता भएका व्यक्तिलाई रोजगारी दिने उद्यमी र व्यवसायीलाई ‘नगर सम्मान’द्वारा सम्मानित गरिने छ ।
– नगरमा ‘बालबालिका संरक्षण कोष’ स्थापना गरिने छ । आमा–बुवा गुमाएका, संरक्षण विहिन बालबालिकाको अभिभावकत्व नगरपालिकाले लिने छ ।
य ‘बाल प्रतिभा प्रोत्साहन पुरस्कार’ स्थापना गरिने छ ।
– वीरेन्द्रनगरलाई वालमैत्री नगर बनाइने छ ।
– जेष्ठ नागरिकहरुको सीप र अनुभवलाई प्रयोगमा ल्याउनका लागि सबै वडाहरुमा ‘जेष्ठ नागरिक मिलन केन्द्र’ सञ्चालनमा ल्याइने छ ।

भाषा, कला, संस्कृति र खेलकुद
– नगरभित्र बोलिने सबै भाषा, साहित्य र कलाको संरक्षण गरिने छ ।
– हरेक महिनाको १ गते र १५ गते खुल्ला मञ्चमा हुँदै आएको देउडा कार्यक्रमका लागि ‘देउडा डवली’को स्थापना गरिने छ ।
– गीत, संगीत सम्वन्धीत तालिमको व्यवस्था गरिने छ ।
– पुरानो पाटी पौवा, मठ मन्दिर, चैत्य गुम्वाहरुलाई मौलिकतामा आधारित स्थानीय सामाग्रीबाट निर्माण गर्न प्रोत्साहित गरिने छ ।
– सबै जातजातिका परम्परागत जात्रा, पर्वको संरक्षण, सञ्चालन र व्यवस्थापन गरिने छ ।
– क्रिकेट, भलिवल, फुटवललगायतका खेलकुदका तालिम सञ्चालन गरिने छ ।
– ‘एक वडा, एक खेलकुद मैदान’ निर्माण गरिने छ ।
– पार्क, व्यायामशाला र रंगशाला निर्माणलाई प्राथमिकता दिइने छ ।
– वीरेन्द्रनगरमा सुविधासम्पन्न ‘नाटक घर’ सञ्चालनमा ल्याइने छ ।

सामाजिक रुपान्तरण
– घरेलु हिंसा तथा महिलामाथि हुने हिंसामा शून्य सहनशीलताको नीति अख्तियार गरिने छ ।
– जातीय, सांस्कृतिक, लैङ्गिक, वर्गीय र सामाजिक विभेदको पूर्ण रुपमा अन्त्य गरिने छ ।
– धुम्रपान, मद्यपान, लागूपदार्थ दुव्र्यशन जस्ता सामाजिक विकृतिको उचित व्यवस्थापन, नियमन र नियन्त्रण गरिने छ ।

सुचना, प्रविधि तथा सञ्चार
– प्रत्येक सार्वजनिक स्थललाई ‘फ्रि वाइफाइ जोन’ बनाइने छ ।
– वीरेन्द्रनगरका मुख्यमुख्य स्थानहरुमा डिजिटल सुचना पाटी स्थापना गरिने छ । नगरका गतिविधिहरु उक्त सुचना पाटीमार्फत नागरिकहरुलाई जानकारी गराइने छ ।
– नगरका गतिविधिलाई सञ्चार माध्यममार्फत आम नागरिकसम्म पु¥याउने पत्रकारलाई हरेक वर्ष ‘नगर पत्रकारिता सम्मान’बाट सम्मानित गरिने छ । पत्रकारिता अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिने छ ।
– वीरेन्द्रनगरमा सुविधासम्पन्न आइसीटी प्रतिष्ठान स्थापना र सञ्चालन गरिने छ ।

पूर्वाधार विकास
– वीरेन्द्रनगरको चक्रपथ निर्माणलाई पूर्णता दिइने छ ।
– वीरेन्द्रनगरको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सुरु गरिएको भेरी लिफ्टिङ खानेपानी आयोजनालाई समयमै सम्पन्न गर्न पहल गरिने छ ।
– दीर्घकालीन महत्वका ठूला योजनाहरु सञ्चालनमा ल्याइने छ ।
– वीरेन्द्रनगरका बाँकी रहेका गाउँ–बस्तीहरुमा विद्युतीकरण गरिने छ ।
सुरक्षा
– सिसी टिभी क्यामराको पहुँचलाई विस्तार गरिने छ ।
– बढ्दो सहरीकरणसँगै दीगो ट्राफिक व्यवस्थापनमा ध्यान दिइने छ ।
– दीगो ट्राफिक व्यवस्थापनका लागि सामुदायिक पार्कीङको व्यवस्था मिलाइने छ ।
– विपद्का घटनाहरु जानकारीका लागि टोलटोलमा सुरक्षा साइरन जडान गरिने छ ।