सुर्खेत । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि चिङ्गाड गाउँपालिकामा नेपाली काँग्रेस र माओवादी केन्द्रबिच गठबन्धन नहुने भएको छ ।
माओवादी केन्द्र चिङ्गाड गाउँ कमिटीले काँग्रेस सहमति विपरित अघि बढेकोले गठबन्धन नगर्ने निर्णय गरेको हो । गाउँ कमिटीले विज्ञप्तिमार्फत गठबन्धनको मर्म विपरित काँग्रेस एकलौटी अघि बढेको जनाएको छ ।
तर वडा नं २ मा सहमति अनुसार दुवै दलका उम्मेदवारहरुलाई भोट हाल्न आग्रह गरिएको छ । अन्य वडाहरुमा भने माओवादी केन्द्रका उम्मेदवारहरुलाई मात्र भोट हाल्न र पालिका स्तरमा काँग्रेसलाई भोट नहाल्न कमिटीले अपिल गरेको छ ।
फरकबाटो २१ बैशाख २०७९, बुधबार ११:४६