खाद्य बस्तुको गुणस्तर मापन गर्न प्रयोगशाला स्थापना गरिँदै

सुर्खेत । कर्णाली प्रदेशमा खाद्य बस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशाला स्थापना गरिँदै छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले आगामी जेठ १० गतेदेखि सुर्खेतमा प्रयोगशाला स्थापना गरेर संचालनमा ल्याइने जनाएको छ । हालसम्म यहाँ प्रयोगशाला नहुँदा खाद्य बस्तुको नुमना परीक्षणका लागि बाहिर पठाउनुपर्ने बाध्यता छ ।
कार्यालयका निमित्त प्रमुख भेष बहादुर थापाले प्रयोगशालामा आवश्यक उपकरणहरु खरिदका लागि सम्झौता भइ कार्य अघि बढेको जानकारी दिए ।

कार्यालयले कर्णालीका छ जिल्लामा २७ पटक अनुगमन गरेको छ । सुर्खेत, दैलेख, जाजरकोट, रुकुमपश्चिम, डोल्पा र हुम्ला कार्यक्षेत्र रहेको छ । यि जिल्लामा चालु आर्थिक वर्षको हालसम्म कार्यालयले ३६८ वटा खाद्य उद्योग, दाना उद्योग, पसल, होटल र रेष्टुरेन्टमा अनुगमन तथा निरीक्षण गरेको उनले जानकारी दिए ।

उनका अनुसार पसल सुपरमार्केट २६६ वटा, होटल, रेष्टुरेन्ट ७४, खाद्य उद्योग ५७, र चार वटा दाना उद्योगमा अनुगमन गरिएको हो । मंगलबार आयोजना गरिएको तेस्रो त्रैमापसक समिक्षा गोष्ठिमा अनुगमन र निरीक्षणका बारेमा जनकारी दिदै निमित्त प्रमुख थापाले अनुगमनलाई पनि तिव्रता दिएको बताए ।

उनले यस अवधिमा समय छ वटा उद्योगहरुले मापदण्ड अनुसार सञ्चालन नभएकाले एक उद्योगको मुद्दा दर्ता भएको र पाँच वटा उद्योग विरुद्ध मुद्दा दर्ताको प्रक्रियामा रहेको बताए ।