लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी तालिम सुरु


सुर्खेत । लैङ्गिक समानता र सामाजिक समावेशीकरण सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबारदेखि सुरु भएको छ । प्रदेश सुशासन केन्द्र र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आयोजनामा प्रशिक्षक प्रशिक्षण कार्यक्रम वीरेन्द्रनगरमा सूरु भएको हो ।

कात्तिक १३ गतेसम्म संचालन हुने कार्यक्रममा प्रदेशका दश वटै जिल्लाका सहभागी रहेका छन् । स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण , लैङ्गिक उत्तरदायी बजेट सम्बन्धि अभिमूखिकरण गर्ने र लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक केशव प्रसाद उपाध्यायले जानकारी दिए ।

स्थानीय तहमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूलप्रवाहीकरण गरी रणनीति तयार गराउन र लैङ्गिक उत्तरदायी बजेट निर्माणमा सहयोग पुर्‍याइने उनले बताए ।