माओवादी केन्द्र कर्णाली प्रदेशले पदाधिकारीको टुंगो लगायो

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको पदाधिकारीको टुंगो लागेको छ ।   यस अघि प्रदेश कमिटीको अध्यक्षमा बिमला केसीलाई चयन गरिए पनि अन्य पदाधिकारीहरुको भने टुंगो लाग्न सकेको थिएन् । कर्णाली प्रदेश समितिको दोस्रो बैठकबाट  शुक्रबार  पदाधिकारीहरुको टुंगो लगाइएको हो ।

प्रदेश कमिटीको उपाध्यक्षमा कर्णबहादुर बुढाथोकी, ढकवीर राना, कृष्ण जिसी र सचिवमा धनजित शाही चयन भएका छन् ।

यस्तै, सह–सचिव वीरबहादुर कुवँर, लालकेश जैसी विर्खबहादुर थापा र कोषाध्यक्षमा मालबहादुर रोकालाई चयन गरिइको छ ।