
सुर्खेत । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले नेपालका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएका छन् । शरीफले सामाजिक सञ्जाल ट्वीटरमार्फत् सफल कार्यकालका लागि शुभकामना दिएका हुन् । दिनुभएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हिजो आइतवार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । शरीफले ट्विटरमार्फत् प्रचण्डको यस कार्यकालमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।
ुक्षेत्रीय साझेदारका रुपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध छ । हाम्रो द्विपक्षीय सम्बन्ध तथा क्षेत्रीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न प्रतीक्षा गरिरहेको छुु उनले भने ।
प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजै पद तथा गोपनीयताको शपथ लिनेछन् । प्रचण्डलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, नेपालका लागि चीनका कार्यवाहक राजदूत वाङ सिन तथा भारतीय राजदूत नवीन श्रीवास्तवले बधाई तथा शुभकामना दिएका हुन् ।

फरकबाटो ११ पुष २०७९, सोमबार १३:५६