लागूऔषध मुद्धामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । लागूऔषध मुद्धामा फरार रहेका प्रतिवादी परेका छन् । लागूऔषध मुद्धाको फरार रहेका बराहताल गाउँपालिका ओदालतालका ३१ वर्षिय हिरालाल सुनारलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत सुर्खेतको लगत न. ११३४ कैद सजाय ३ बर्ष ८ महिना २ दिन तोकिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरी अदालतमा बुझाउने तयारी भइरहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।