जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति

जाजरकोट । जाजरकोटमा हावाहुरीले ६ वटा घरमा क्षति पुर्याएको छ । गएराति चलेको हावाहुरीले भेरी नगरपालिका–३ मा ६ वटा घरमा क्षति पुर्याएको हो ।

स्थानीय बासिन्दाका घर तथा पालिका चुनावका लागि स्थापना गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा समेत क्षति पुगेको प्रमुख निर्वाचन अधिकृत यज्ञराज आचार्यले जानकारी दिए ।

उनका अनुसार भवनको छानोमा क्षति पुगेपछि काम गर्न असहज भएको छ ।