महानगरले चलायो नयाँ बानेश्वरका अनधिकृत क्षेत्रमा डोजर

सुर्खेत । काठमाण्डौ महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । सडक मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।

यसअघि भूमिगत पार्किङ र फुटपाथ व्यापार हटाउने अभियान पनि महानगरपालिकाले बानेश्वरबाटै सुरु गरेको थियो ।

भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत महानगरपालिकाले बेसमेन्ट तथा अन्डर ग्राउन्डको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ भने विभिन्न ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।