काठमाडौं । विधान विपरीतका क्रियाकलाप गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकास वली र धर्मेन्द्र बास्तोलालाई महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीबाट निष्कासन गरेका छन् ।
विप्लवले आज विज्ञप्ति निकालेर क्रान्तिको सामान्य सिद्धान्त विपरीत पार्टी बैठकका निर्णय र नेतृत्व विरुद्ध सञ्चारमाध्यममा छाडा र अराजक अन्तर्वार्ता दिने तथा वक्तव्य जारी गर्ने जस्ता क्रियाकलाप गरेको भन्दै वली र बास्तोलालाई निष्कासन गरिएको जानकारी दिएका हुन् ।
पार्टीले पालिका तहको चुनावमा पठाएका उम्मेदवारलाई सहयोग गर्नुको साटो फिर्ता बोलाउने र कारबाहीको धम्की दिने जस्ता गैर जिम्मेवार काम गरेको विप्लवको आरोप छ ।
फरकबाटो १४ बैशाख २०७९, बुधबार १४:५७