आईपीएल : बैंगलोर र राजस्थान भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ । मंगलबार हुने खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । पुनेमा हुने दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।

बैंगलोर आज छैटौं जितको खोजीमा रहेको छ । बैंगलोर ८ खेलमा १० अंक जोडेर पाँचौ स्थानमा रहेको छ । राजस्थान पनि छैटौं जित निकाल्न चाहन्छ ।

राजस्थान ७ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दुई टोलीबीचको पछिल्लो भेटमा बैंगलोर बलियो देखिएको छ । पछिल्लो पाँच खेलमा राजस्थानविरुद्ध बैंगलोर अपराजित रहेको छ ।

यसै सिजनको पहिलो भेटमा बैंगलोरले राजस्थानलाई ४ विकेटले हराएको थियो । बैंगलोर उक्त जितलाई कायम राख्न चाहन्छ । राजस्थान भने हारको बदला लिन चाहन्छ ।