हुम्ला । मुख्य निर्वाचन कार्यालय हुम्लाले जिल्लामा छरिएका गाउँ बस्तीहरूलाई समेटेर ५४ मतदान केन्द्र तोकेको छ।
बुधबारदेखि ती मतदान केन्द्रहरूमा कर्मचारी खटाएका छन्। यहाँ मुख्य निर्वाचन कार्यालयको स्थापना गरी कर्मचारी खटाइएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत पूर्णबहादुर केसीले जानकारी दिएका छन्।
उनले सातवटै गाउँपालिकामा कर्मचारीहरू खटाउने काम गरिएको जानकारी दिए।
फरकबाटो ८ बैशाख २०७९, बिहीबार ०८:५७