सुर्खेत । बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको । दुर्घटनामा मृत्यु हुनेहरुमा दाङको तुलसीपुरका सन्तोष भुसाल र मानबहादुर ओली रहेका छन् ।
घाइतेहरूलाई नेपालगञ्जको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा पठाइएको छ ।
फरकबाटो १२ भाद्र २०८१, बिहीबार १५:१२