बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टको विवाह भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार यी दुईले सात फेरा लिइसकेका छन्।
आरके स्टुडियोमा भएको विवाह समारोहमा परिवार र नजिकका साथीहरुमात्रै उपस्थित छन्। विवाहलाई गोप्य राख्न हरसम्भव प्रयास गरिएको छ।
यी दुईले लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन्। विवाहको कार्यक्रम अझै केही दिन हुने बताइएको छ।
फरकबाटो १ बैशाख २०७९, बिहीबार १७:५१