काठमाडौं । गायक प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित जाने भए जाउ माया बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेन्टिमेन्टले भर्सनको यस गीतमा स्वर गायक सरन गुरुङको रहेको छ। गीतमा शब्द, संगीत बिकाश ल्वागुनको रहेको छ। गीतलाई कोबिद बज्रले संगीत संयोजन गरेका हुन्।

सहना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ुजाने भए जाउ मायाु म्युजिक भिडियो गायक गुरुङको रिलिजको तयारीमा रहेको एल्बम ुसहनाुमा संग्रहित गीत हो। एल्बम नोभेम्बर १३ मा विमोचन हुने गायक गुरुङले बताएका छन्। एल्बम रिदम स्क्रीन क्रिएसन र वि द बेस्टको सहयोगमा तयार पारिएको हो। म्युजिक भिडियोमा प्रकाश सपुत र रेश्मा घिमिरे श्रीमान, श्रीमतीको भूमिकामा देखिएका छन्।
बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। हाल अमेरिकामा बस्दै आएका गायक गुरुङले आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।
https://www.youtube.com/watch?v=6vZtDkaBSTg

फरकबाटो २९ आश्विन २०७९, शनिबार ११:५५