नवाैँ राष्ट्रिय खेलकुद जेठ २२ देखि पाेखरामा हुने

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ। नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले प्रतियोगिताको मिति तय गरेको युवा तथा खेलकुद मन्त्री  महेश्वर गहतराज (अथक) ले सामाजिक संजालबाट जानकारी गराएका छन् । प्रतियोगिता गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरामा आयोजना हुनेछ ।

यस अघि आठौं राष्ट्रिय खेलकुद तत्कालिन मध्यपश्चिम रहेको लुम्बिनी प्रदेशमा २०७५ सालमा सञ्चालन भएको थियो ।

आठौं राष्ट्रिय खेलकुदमा १४० स्वर्ण, ८२ रजत र ६७ कांस्य पदकसहित कुल २८९ पदक जितेर त्रिभुवन आर्मी क्लब टिम च्याम्पियनको बनेको थियो । यस्तै नेपाल पुलिस क्लबले दोस्रो र एपीएफ क्लबले तेस्रो स्थान हासिल गरेको थियो ।

 प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको राष्ट्रिय खेलकुद २०७७ मा आयोजना गर्नुपर्ने थियो । तर, विश्वव्यापी रुपमा फैलिएको कोभिड संक्रमणका कारण गत वर्ष राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना नभएको हो ।