
पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् । उनी पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ पनि हुन् ।
प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानको संयुक्त विपक्षको साझा उम्मेदवार थिए । सोमवार नेशनल असेम्बलीमा भएको विश्वासको मत प्रस्तावमा उनले एक सय ७४ मत प्राप्त गरे ।
यसअघि नेशनल असेम्बली सुरु हुनुबित्तिकै इमरान खानसहित पीटीआई पार्टीका सदस्यहरूले त्यहाँको संसदको तल्लो सदन (नेशनल असेम्बली) बाट राजीनामा घोषणा गरेका थिए ।
इमरान खानले अमेरिकी षड्यन्त्रका कारण आफूलाई सत्ताबाट हटाइएको दाबी गरेका छन् ।
हिजो आइतवार नेशनल असेम्बलीमा अविश्वास प्रस्ताव पारित भएपछि पदमुक्त भएका इमरान खानको ठाउँमा शहबाज शरीफ देशको २३ औँ प्रधानमन्त्री भएका हुन् ।

एजेन्सी २८ चैत्र २०७८, सोमबार १९:०४