हेलिकोप्टर दुर्घटनामा भारतका सुरक्षा प्रमुख रावतको निधन

काठमाडौं । भारतको तमिलनाडुमा बुधबार भारतीय सेनाको हेलिकोप्टर दुर्घटनामा परेका सेनाका चिफ अफ डिफेन्स (सिडिएस) बिपिन रावतको निधन भएको छ ।

टाइम्स अफ इण्डियाका अनुसार रावत, उनको धर्मपत्नी र अन्य ११ जनाको मृत्यु भएको छ ।

उनको मृत्युबारे सरकारले भोलि औपचारिक रूपमा संसदमा जानकारी गराउने तयारी गरेको जनाइएको छ । हेलिकोप्टरमा सेनाका अन्य उच्च अधिकारी सहित १४ जना सवाररहेको भारतीय सञ्चार माध्यम “आजतक”ले उल्लेख गरेको छ ।

भारतीय समयअनुसार दिउँसो १२ : २० मा दुर्घटनामा परेको हो । मृतहरुको डिएनए परिक्षणबाट पहिचान खुल्ने ”आजतक“ले उल्लेख गरेको छ । हेलिकोप्टर दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको जनाईएको छ ।