‘महापुरुष’ बन्दै ‘मह’ जोडी

काठमाडौँ । ‘जात्रा’ सिरिजका निर्देशक प्रदीप भट्टराईले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘मह’ जोडीलाई लिएर ‘महापुरुष’शीर्षकमा फिल्म बनाउने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा कलाकार र शीर्षक सार्वजनिक गर्दै भट्टराईले फिल्म बनाउने घोषणा गर्न लागेका हुन् । फिल्ममा मह जोडीबाहेक गौरी मल्ल र अरुण क्षेत्रीको अभिनय रहनेछ ।

फिल्मलाई षट्कोण आर्टस्ले निर्माण गर्न लागेको हो । फिल्मको कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् । महामारी अघिदेखि नै यो फिल्म फ्लोरमा जाने तयारीमा थियो तर बारम्बारको महामारीका कारण फिल्म सुटिङमा निस्कन सकेको थिएन ।अब भने फिल्म वैशाखको तेस्रो साताबाट फ्लोरमा निस्कने चर्चा छ ।