साउथ सुपरस्टार सामन्थाले किनिन् पूर्व श्रीमानको घर

काठमाडौं । साउथ सुपरस्टार सामन्था रुथ प्रभुले हैदराबादमा एउटा आलिशान घर किनेकी छन् । हालै फिल्म निर्माता मुरली मोहनले एक अन्तर्वार्तामा सामान्थाले हाल किनेको घरमा पहिले सामन्था आफ्ना पूर्व पति नागा चैतन्यसँग बस्ने गरेको खुलासा गरे ।


आमासँग बस्छिन् सोही घरमा

मुरलीका अनुसार जब सामन्था र नागा अलग हुन लागेका थिए, तब उनीहरूले यो घर बेचेका थिए । तर त्यसपछि अभिनेत्रीले पैसा जुटाइन् र पुनः घर मालिकसँग कुरा गरेर पहिलेभन्दा धेरै पैसा तिरेर किनिन् । उनलाई त्यो घर जसरी पनि किन्नु थियो । अहिले उनी त्यही घरमा आमासँग बस्छिन् ।

अक्टोबरमा सम्बन्धविच्छेद

सामन्थाले ६ अक्टोबर २०१७ मा नागा चैतन्यसँग विवाह गरेकी थिइन् । विवाहको झण्डै ४ वर्षपछि गत वर्ष अक्टोबरमा दुवैले सामाजिक सञ्जालमा एक पोस्टमार्फत अलग भएको घोषणा गरेका थिए । विवाहअघि समन्था र नागाले करिब तीन वर्ष डेट गरेका थिए । यी दुईले ‘मनम’, ‘ये माया चेसावे’ र ‘आटोनगर सूर्य’ जस्ता धेरै फिल्ममा सँगै काम गरेका छन् ।

’द फ्यामिली म्यान २’ बाट डिजिटल डेब्यु

सामन्थाको आगामी प्रोजेक्टको कुरा यी अभिनेत्री चाँडै फिलिप जोनसँग ‘एरेन्जमेन्ट अफ लभ’ मा देखिने छिन् । यो फिल्ममा सामन्था बाइसेक्सुअल भूमिकामा देखिने छिन् । यसबाहेक उनी ‘शकुन्तलम’, ‘यशोदा’ र ‘खुशी’ जस्ता फिल्ममा काम गर्दैछिन् । अभिनेत्रीले ‘द फैमिली म्यान २’ बाट डिजिटल डेब्यु गरेकी हुन् ।

सामान्था लगातार तीनपटक भारत भरको सर्वेक्षणमा सबैभन्दा चर्चित महिला कलाकारको शीर्ष स्थान हासिल गरिसकेकी कलाकार हुन् ।