‘झिँगेदाउ’ को ‘आगो बिना बिँडी जल्दैन’ सामाजिक सञ्जालमा भाइरल

काठमाडौं । ‘आगो बिना बिँडी जल्दैन’ फिल्म ‘झिँगेदाउ’ को गीत हो यो । केही दिन अगाडि सार्वजनिक यो गीत अहिले सामाजिक सञ्जाल टिकटमा भाइरल भएको छ । गीतको टिकटकमा शनिबार नै ६० हजार बढी भिडियो बनेको निर्माण युनिटले जनाएको छ ।

केही दिनअगाडि राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गीतमा मुक्त उदासको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीतमा शान्तिश्री परियार र प्रविन बेडवालले स्वर दिएका छन् । ‘संगीत निकै राम्रो भएको कारणले पनि गीतले टिकटकमा राम्रो प्रथामिकता पाएको हो’ फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले भने ‘गीतको प्रतिक्रिया समेत राम्रो आइरहेको छ । यो सकारात्मक प्रतिक्रिया फिल्म सफल हुने संकेत हो ।’ गीतले युट्युवमा ७ लाख बढी भ्युउज पाएको छ ।

‘झिँगेदाउ’ मार्फत पुराना निर्देशक ज्ञानेन्द्र देउजाले ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका हुन् । फिल्ममा केकी अधिकारी, मुकुन भुषाल, आँचल शर्मा र कुशल विष्ट, हिँउवाला गौतम, संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अभयराज बराल लगायतका कलाकारको अभिनय छ ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको फिल्म भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’ कथामा आधारित रहेर निर्माण भएको फिल्ममा प्रदीप भारद्वाजले लेखेका हुन् । विष्णु घिमिरेको छायाङ्कन, मित्र डी। गुरुङको सम्पादन रहेको फिल्मका निर्माता सुलभ प्रतीक देउजा र समीक्षा देउजा रहेका छन् । फिल्म भदौ १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।