काठमाडौं । आज देशका अधिकांश भू(भागमा आंशिक बदली रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भैरहेको छ।
दिउँसो देशका पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी भू(भागका एक(दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बुधबार भने गण्डकी प्रदेशका एक(दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
वर्षाको सम्भावना रहेका पहाडी भू(भागहरूमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
फरकबाटो ३१ श्रावण २०७९, मंगलवार ०९:३८