त्रिदेशीय टी–२० क्रिकेटकाे उपाधिका लागि नेपाल र पीएनजीबीच खेल सुरु

काठमाण्डाै । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी खेल्दैछन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु खेलमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेको छ । टस हारेको नेपालले ब्याटिङ गर्दैछ ।   नेपालले समूह चरणमा दुई वटै खेलमा पीएनजीलाई हराएको थियो ।  ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर नेपाल फाइनलमा पुगेको हो ।

पपुवा न्युगिनीले भने उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो ।  मलेसियालाई नेट रनरेटमा पछि पार्दै पपुवा न्युगिनी फाइनलमा पुगेको हो ।