विश्वकप छनोट खेलेर नेपाली टोली स्वदेश फर्कियो


सुर्खेत । जिम्बावेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

नेपाली टोली आज शुक्रवार स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का कोषाध्यक्ष रोशनबहादुर सिंहलगायतका पदाधिकारीले स्वागत गरेका थिए ।

छनोटको आठौँ स्थानमा रहेको नेपालले समूह चरणमा अमेरिकालाई हराउँदा जिम्बावे, वेस्ट इन्डिज र नेदरल्यान्ड्ससँग पराजित भएको थियो । यस्तै नेपालले प्लेअफमा यूएईलाई हराउँदा आयरल्यान्डसँग पराजित भएको थियो ।