आज देशभर सामान्य बदली

सुर्खेत । आज पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली रहने मौसमविद्ले बताएका छन् । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य आंशिक प्रभाव परेको छ ।

केही ठाउँमा घाम लागे पनि आज पूरै मौसम सफा भने नहुने मौसमविद् मञ्जु बासीले बताइन । उनका अनुसार आज केहीबेर घाम लाग्ने र केहीबेर फेरि बादल लाग्ने हुन्छ । आज केही ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने पनि उनले जानकारी दिइन ।
पानी परेका ठाउँमा मेघगर्जन र चट्याङ्ग पनि पर्ने मौसमविद्ले बताएका छन ।

यसकै प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बद्ली भएको हो । तर, आज ठूलो पानी भने नपर्ने मौसमविद्ले बताएका छन् ।