कालीकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार


सुर्खेत । जिल्ला अस्पताल कालीकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । तिलागुफा नगरपालिका वडा नम्बर ७ की ३४ वर्षीया दन्दा विष्ट रावतको अत्यधिक रक्तश्राप भएपछि हेलिकप्टरमार्फत् उद्धार गरिएको हो ।

रावतलाई थप उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोटका स्वास्थ्य व्यवस्थापक डा. रत्नवीर सुनारले नन्दा विष्टको बच्चाभन्दा पाठेघरको मुखमा पहिला साल आएर बसेको र अत्यधिक रक्तश्राव भएपछि जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको बताए ।

उनलाई तत्काल अप्रेसनपछि बच्चालाई आईसीयूमा राख्नुपर्ने भएकाले प्रदेश अस्पताल पठाइएको अस्पतालले प्रशासनले जनाएको छ ।