युगान्डाविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डाविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले शनिबार रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।  अश्मिना कर्माचार्य र हिरणमायी रोय पहिलो पटक राष्ट्रिय टोलीमा अटाएकी छिन् । नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी-ट्वान्टी सिरिज खेल्नेछ ।

May be an image of 5 people, people playing sports and people standing

टियु क्रिकेट मैदानमा हुने सिरिज पाँच खेलको हुनेछ । नेपाल र युगान्डाबीचको पहिलो टी-ट्वान्टी जेठ २ गते हुनेछ ।

दोस्रो टी-ट्वान्टी जेठ ३ गते र तेस्रो टी-ट्वान्टी जेठ ५ गते हुनेछ । यस्तै चौंथो टी-ट्वान्टी जेठ ६ गते र अन्तिम टी-ट्वान्टी जेठ ७ गते हुनेछ ।

नेपाली टोली –

रुबिना क्षेत्री, सिता राना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम,अश्मिना कर्माचार्य,संगीता राई, कविता जोशी,रोमा थापा,ज्योति पाण्डे,सबनम राई, डोली भट्ट,हिरणमायी रोय, बिन्दु रावल