स्थानीय तह निर्वाचनः सुर्खेतका ६ वटा पालिकामा जित्ने एमालेको निष्कर्ष

सुर्खेत । आगामी वैशाख ३० गते  हुने स्थानीय तहको निर्वाचनमा सुर्खेतमा नेकपा एमालेले छ वटा पालिकामा जित्ने निष्कर्ष निकालेको छ । शनिबार सम्पन्न एमाले जिल्ला कमिटी सुर्खेतको दोस्रो बैठकले वीरेन्द्रनगर, लेकवेशी, भेरीगंगा नगरपालिका , सिम्ता, चौकुने, बराहताल गाउँपालिकामामा जित्ने र चिङ्गाड, पञ्चपुरी र गुर्भाकोटमा प्रतिस्पर्धात्मक अवस्था रहेको निष्कर्ष निकालेको हो ।

यस्तै बैठकले स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे वडा र पालिका कमिटीहरुले वडा अध्यक्ष र सदस्यहरुको सुझाव चैत्र २५ गतेभित्र पालिका कमिटीमा पठाउने र वडाबाट आएको सुझावसहित पालिका कमिटीले उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ ।

स्थानीय तह कमिटीले पालिका प्रमुख र उपप्रमुखको उम्मेदवारी सम्बन्धमा चैत्र ३० गतेभित्र जिल्ला कमिटीमा सुझाव पेश गर्ने र उम्मेदवारको सुझाव र सिफारिस गर्दा सर्वसम्मत गर्ने बैठकले निर्णय गरेको छ ।