सावित्रा भण्डारी बनिन् ‘दशककै महिला खेलाडी’

काठमाण्डाै । नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘पल्सर स्पाेर्ट्स अवार्ड’ मा दशकका महिला खेलाडी (प्लेयर अफ द डिकेड फिमेल) घाेषित भएकी छिन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्ट्स अवार्डको १८ औँ संस्करणमा आज मङ्गलवार भण्डारी याे पुरस्कारबाट सम्मानित भएकी हुन् ।

सन् २०१४ मा राष्ट्रिय टाेलीमा डेब्यु गरेकी सावित्रा भण्डारी नेपालबाट ४० खेलमा सर्वाधिक ३८ गोलको कीर्तिमान कायम गरेकी छन् । सावित्राले नेपाली महिला टोलीलाई साफमा दुई वटा रजत पदक जिताएकी छिन् । यस्तै उनले नेपाललाई साफमा दुई वटा रजत पदक दिलाएकी छिन् ।

उनी राष्ट्रिय टाेली, घरेलु लिगमा धेरैजसाे प्रतियाेगितामा सर्वाधिक गाेलकर्ता बन्दै आएकी छिन् । देशमा मात्र नभएर सावित्राले भारतीय लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएकी छिन् ।

सावित्रालाई ‘साम्बा’ काे नामले पनि चिनिन्छ । प्रायः खेलेका सबै खेलमा गाेल गर्दै आएकी उनलाई ‘गोल मेशिन’ पनि भन्ने गरिन्छ ।