काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा नयाँबस्ती युथ क्लबले जित निकालेको छ । एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा नयाँबस्तीले सामाजिक युथ क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको आठौं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा रमेश तामाङले गोल गर्दै नयाँबस्तीलाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ७५ औं जीवन मगरले गोल गर्दै नयाँबस्तीलाई २-१ को जित दिलाए । यस जितसँगै नयाँबस्तीले ६ खेलमा १० अंक जोडेको छ । सामाजिकले ६ खेलमा ४ अंक जोडेको छ ।
लिगमा १४ क्लबले सिंगल राउण्ड रोबिन लिगको आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टोली ‘ए’ लिगमा बढुवा हुने छन् । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।
फरकबाटो ४ चैत्र २०७८, शुक्रबार १२:५९