फोहोर व्यवस्थापनका लागि गैरीटोलमा डस्वीन


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं १ गैरी टोलमा फोहोर व्यवस्थापनको लागि डस्बिन राखिएको छ । गैरी टोल विकास संस्थाको आफ्नै लगानीमा १४ वटा स्टेनसहित डस्बिन राखिएको हो । होलीपर्वको अवसरमा आज डस्बिन राखिएको हो ।

गैरी टोल विकास संस्थाका अध्यक्ष खड्कबहादुर तारामीले टोलमा जथाभाबी फोहोर हुन थालेपछि डस्बिनको व्यवस्थापन गरिएको बताए ।

वीरेन्द्रनगर नगरपालिका वडा नं १ का वडा अध्यक्ष गंगाराम सुनारले डस्बिन राख्ने कार्यक्रमको उद्घाटन गरेका हुन् ।

टोलमा डस्बिन राख्नका लागि सहजीकरण गर्न सुन्दर नेपाल संस्थाबाट टिकाराम आचार्य र चरित्रा केसीको सहभागीता रहेको थियो ।

 

अबदेखी जथाभावी फोहोर गर्नेहरुलाई एकसय रुपैयाँ जरिवाना लगाउने टोल विकास संस्थाका अध्यक्ष तारामीले बताए । उनका अनुसार समुदायले विपद् कोषमा माशिक दशरुपैयाँ जम्मा गर्ने गरेको र सोही रकमबाट डस्बिन किनेर टोलहरुमा राखिएको हो ।