यू-१८ महिला साफ : नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार बंगलादेशको सामना गर्दैछ । भारतको जमसेदपुरमा नेपालले बलियो टोली बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।

आज बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, उपाधि दाबेदार बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । बंगलादेश पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।

पहिलो खेलमा नेपाल आयोजक भारतसँग ७-० गोल अन्तरले पराजित भएको थियो। डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

यस्तै नेपालले तेसो खेलमा मार्चमा २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ ।