दोस्रो एकदिवसीयमा नेपाल र केन्या भिड्दै

काठमाडौं । केन्या भ्रमणमा रहेको नेपालले आज शनिबार घरेलु टोलीविरुद्ध दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ ।

नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ ।

केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज एक खेल अगाबै जित्ने योजनामा हुनेछ । पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।

यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा बराबरी गर्न चाहन्छ । त्यसैले नेपाललाई जित निकाल्न त्यहि सहज छैन ।

नेपालले घरेलु टोलीविरुद्धको तेस्रो एकदिवसीय खेल भने सोमबार खेल्नेछ ।