‘ए’ डिभिजन लिग फुटबलमा एनआरटीले जाउलाखेललाई हरायो

काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा न्युरोड टिम एनआरटीले जाउलाखेल युथ क्लबलाई हराएको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा आज भएको खेलमा एनआरटीले जाउलाखेललाई २–० गोलले हराएको हो । एनआरटीका लागि दर्शन गुरुङले दुई गोल गरे ।

जितसँगै एनआरटीले ९ खेलमा १३ अंक जोडेको छ । एनआरटी अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ । जाउलाखेलको ९  खेलमा ८ अंक छ । जाउलाखेल दशौँ स्थानमा छ