सुर्खेतमा विद्युतीय सवारी साधनको शोरुम संचालन

सुर्खेत । सुर्खेतमा विद्युतीय सवारी साधनको शोरुम संचालनमा ल्याएको छ । विद्युतबाट चल्ने सवारी साधनको आधिकारिक विक्रिका लागि सिबि इन्टरनेश्नल टे«डिङ्ग प्रालिले शोरुम सञ्चालनमा ल्याएको हो ।

सुर्खेतका व्यवसायी विनोद खत्री र चरित्र कुमार बिसीको संयुक्त लगानीमा वीरेन्द्रनगर १० बुलबुले गेट नजिक शोरुम संचालनमा ल्याइएको हो । शोरुमबाट हाल विद्युतीय स्कुटर र साईकल उपलब्ध हुने प्रालिले जनाएको छ ।

सोमबार शोरुमको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले उद्घाट गर्दै विद्युतीय सवार साधनको प्रयोगले बढ्दो प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, ‘विद्युतीय सवारी साधन प्रयोगका फाइदा छन् । प्रदुषण नियन्त्रणमा सहयोग पुग्छ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्य वृद्धि भइरहेको छ । विद्युतीय साधनको प्रयोगले पेट्रोलियम पदार्थको खपत घटाउँदै लिन्छ ।’

प्रालिका निर्देशक विनोद खत्रीले विद्युतीय सवारी साधनको प्रयोगले दैनिक जिवनमा सहज हुने बताए । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको तुलनामा विद्युतीय सवारी सधान प्रयोगले आर्थिक बचत हुने उनले बताए । उनले भने, ‘हामीले पहिलो पटक कर्णालीमा विद्युतीय सवारी सधान भित्र्याएका छौँ । अर्बौ रुपैयाँ हामीले पेट्रोलियम पदार्थको लागि बाहिर पठाइरहेका छौँ । विद्युतीय सवारी साधन प्रयोग ग¥यौँ भने हामीले उक्त रकम देशको विकास, उत्पादनमुलक क्षेत्र र रोजगारका क्षेत्रमा लगानी गर्न सक्छौँ ।’

उनका अनुसार स्कुटरलाई दुई लाख ४९ हजारदेखि दुई लाख ७५ हजार रुपैयाँसम्म मुल्य पर्ने र साईकललाई ६५ हजार पाँच सयदेखि एक लाख १० हजार रुपैयाँसम्म मुल्य पर्नेछ । प्रालिले अब तत्तकाल विद्युती बाइक पनि ल्याउने तयारी गरिएको जनाएको छ । साथै अटोरिक्सा र कार पनि ल्याउने योजना रहेको प्रालिले जानकारी दिएको छ ।