भारतको सिमलामा गाडी दुर्घटना हुँदा चारजना नेपालीको मृत्यु


सुर्खेत । भारत हिमाञ्चल प्रदेशको सिमलामा गाडी दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ । भारतीय पत्रिका हिन्दुस्तान टाईम्सका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् ।