
सुर्खेत । कर्णाली उत्सवको तेस्रो संस्करण आजदेखि सुरु भएको छ । ऋति फाउण्डेशनको आयोजनामा आजदेखि तीन दिनसम्म कर्णाली उत्सव संचालन हुने छ ।
कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यले फाउण्डेशनले विभिन्न संघसंस्थाको समन्वय तथा सहकार्यमा हरेक वर्ष कर्णालीका विविध विषयमा बहस गर्न कर्णाली उत्सवको आयोजना गर्दै आएको छ । कर्णाली उत्सवको कर्णाली प्रदेशका सभामुख राज बहादुर शाहीले उद्घाटन गरेका हुन् ।
तीन दिनको कार्यक्रममा विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुनेछन् । आज सोफिया थापाको छाउपडीसम्बन्धी गीत विमोचन, ‘खस भाषाको लहरो’ शीर्षकमा प्राध्यापक दिनेशराज पन्तले विद्वत प्रवचन दिने कार्यक्रम रहेको छ ।
यस्तै आज नै कर्णाली भेरी सुसेल्दो छ, बजार विकास, हजार निकास गरी दुईवटा सत्र सञ्चालन गरिनेछ ।

फरकबाटो २७ फाल्गुन २०७८, शुक्रबार १२:२७