कैलाली । मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक राशीको खप्तड गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । धनगढी रङ्गशालामा आज बिहीवार भएको उद्घाटन खेलमा मनाङले भारतको दिल्ली फुटबल क्लबलाई दुई–एक गोलले हरायो ।

खेलकाे ७१ औँ मिनेटमा दिल्लीका कृष्णले गोल गरेका थिए । खेलको ८२ मिनेटसम्म मनाङ एक गोलले पछि परेको थियो । तर ८२ मिनेटमा अञ्जन विष्ट र ८५ मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई जिताए ।
प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । आयोजक सुदुरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बाग्मती युथ क्लब, न्युरोड टिम र मच्छिन्द्र फुटबल क्लब रहेका छन् ।
प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।

फरकबाटो १९ फाल्गुन २०७८, बिहीबार १८:४४