राजदुतसंग दैलेखी युवाहरुको अन्तरक्रिया


सुर्खेत । युरोपियन युनियनका राजदुत नोना डिपरेज र दैलेख जिल्लाका दुइ पालिकाका युवाहरु बिच सुर्खेतमा अन्तरक्रिया भएको छ । युरोपियन युनियन र अक्सफामको सहयोगमा सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वाम र युवालयले सञ्चालन गरिरहेको युथ लिड जेशी परियोजना लागु भएको भगवतीमाइ र डुङ्गेश्वर गाउँपालिकाका युवा र राजदुत बिच छलफल भएको हो ।

छलफलमा युवाहरुले आफ्नो गाउँ ठाउँमा भएको परिर्वतन र समस्याहरुबारे राजदुतलाइ जानकारी गराएका थिए भने राजदुतले स्थानीय स्तरमा युवाहरुको अबस्थाका बारेमा चासो व्यक्त गरेकी थिइन् ।

जसमा युवाहरुले समाजमा रहेका बालबिवाह, लैगिंक हिंसा, छुवाछुत जस्ता समस्याहरुमा युवाहरुकै नेतृत्वमा न्युनिकरणको कार्यक्रमहरु सञ्चालन भइरहेको र स्थानिय सरकार संग पनि सहकार्य गरी युवाहरुलाई आयआर्जनको क्रियाकलापमा जोड्नका लागि पहल भइरहेको बताए । साथै उनीहरुले परियोजना अन्तरगत सञ्चालन भएका रिफ्लेक्ट र बित्तिय साक्षरता कक्षा युवाहरुको लागि प्रभावकारी रहेको बताए ।

उनीहरुले युवाहरुलाई परामर्श सेवाहरु दिन आबश्यक रहेकोमा जोड दिदै सबै क्षेत्रमा परामर्श सेवाहरु उपलब्ध हुनुपर्ने बताए । अन्तरक्रियामा राजदुत डिपरेजले सामाजिक परिर्वतनका लागि युवाहरुको भुमिका महत्वपूर्ण रहेको बताउदै आगामी दिनमा एकता सहित सामाजिक अभियानहरु निरन्तरता दिन युवाहरुलाई सुझाव दिइन् ।

तपाइहरुले स्थानिय स्तरमा गर्नुभएको कामहरु सह्रायिन छन्, उनले भनिन्,यस्ता कार्यहरुलाई थप निरन्तरता दिनुहोला । उनले परामर्श सेवा र आयआर्जनका क्रियाकलापहरुका लागि युवाहरुले स्थानिय सरकार संग पनि समन्वय गरी पहल गर्नुपर्नेमा जोड दिइन् । छलफलमा युथ साउण्डीङ्ग बोर्डका सदस्यहरु सहित १५ जना युवाहरुको सहभागिता रहेको थियो ।